इपिएलमा आर्सनल विजयी, एस्टन भिल्ला रोकियो

16 Feb, 2025

इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। शनिबार राति भएको खेलको खेलमा आर्सनलले लेस्टर सिटीमाथि २–०को जित निकाल्यो।

आर्सनललाई जित दिलाउन दुवै गोल मिकेल मोरिनोले गरे। उनले दोस्रो हाफको अन्त्यतिर गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ८१औं मिनेटमा मोरिनोले आर्सनललाई सुरुआती अग्रता दिलाए। ८७औं मिनेटमा उनले नै गोल गरेपछि आर्सनल २–०ले विजयो भयो।

यो जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको दुरी ४ अंकमा झारेको छ। २५ खेलमा आर्सनलको ५३ अंक छ। एक खेल कम खलेको लिभरपुलको ५७ अंक छ।

यस्तै, अर्को खेलमा एस्टन भिल्ला १० खेलाडीमा समेटिएको रेलिगेसन जोनको इपस्विच टाउनसँग १–१को बराबरीमा रोकियो।

खेलमा भिल्लाका ओले वाट्किन्सले गोल गरे भने इपस्विचका लिअम डेल्पले गोल गरेका थिए। ४०औं मिनेटमा एक्सल टुआन्जेबले रातो कार्ड पाएपछि इपस्विच १० खेलाडीमा समेटिएको थियो।

यस्तै, अन्य खेलमा ब्रेन्टफोर्डले वेस्टहमलाई १–०ले, एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ले हराउँदा बार्नेमाउथले साउथह्याम्पटनलाई ३–१ले हरायो।