
प्रिमियर लिग : लिभरपुल, चेल्सी र आर्सनल विजयी
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएका खेलमा ठूला क्लबहरु विजयी भएका छन् । शनिबार राति भएका खेलमा लिभपुल, चेल्सी र आर्सनल विजयी भए । लिभरपुलले नर्विच सिटीलाई ३–१ले हराउँँदा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० र आर्सनलले ब्रेन्टफोर्डमाथि २–१को जित निकाल्यो।
लिभरपुलले एनफिल्डमा पुछारमा रहेको नर्विच सिटीमाथि ३–१ को पुनरागमन जित निकालेको हो। लिभरपुलका लागि साडियो माने, मोहम्मद सलाह र लुइस डियाजले गोल गरे भने नर्विचका मिलोट रासिकाको गोल गरेका थिए ।
४८औं मिनेटमा मिलोट रासिकाको गोल गरेपछि नर्विसले अग्रता लियो । ६४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। ६७औं मिनेटमा मोहम्मद सलाहले गोलरक्षक एलिसन बेकरको पासमा गोल गर्दै लिभरपुलाई २–१ को अग्रता दिलाए।
यस्तै, खेलको अन्तिमतिर हाकिम जियाचले गोल गर्दै क्रिस्टल प्यालेसविरुद्ध चेल्सीलाई जित दिलाएका हुन्। सेलह्रस्ट पार्कमा शनिबार राति भएको खेलमा जियाचले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो। उनले ८९औं मिनेटमा गोल गरेका थिए।
यता, ब्रेन्टफोर्डविरुद्ध आर्सनलले २–१को जित निकाल्यो । आर्सनलका लागि इमिल स्मिथ रोले ४८ र बुकायो साकाले ७९औं मिनेटमा गोल गर्दा ब्रेन्टफोर्डका क्रिस्टियन नोरगार्डले इन्जुरी समयमा गोल फर्काए ।