न्युकासल माथि चेल्सीको कठीन जित, वेस्टह्यामले एस्टन भिल्लालाई हरायो

Read Time:1 Minute

इंग्लिस प्रिमियर लिगमा चेल्सीले कठीन जित हात पारेको छ। आइतबार राति सम्पन्न खेलमा चेल्सीले न्युकासल युनाइटेडमाथि १–० को जित निकाल्यो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन काई हाभर्टजले निर्णायक गोल गरे। हाभर्टजले खेलको ८९ औं मिनेटमा गोल गरेका हुन्।

यसैगरी आइतबार राति नै भएको अर्को खेलमा वेस्टह्याम विजयी भयो। उसले एस्टन भिल्लामाथि २–१को जित निकालयो । खेलका वेस्टह्यामका आन्द्रेयी यार्मालेन्को र पाब्लो फोर्लान्सले गोल गर्दा भिल्लाका ज्याकोब राम्सीले गोल गरेका थिए।

यस्तै, अर्को खेलमा वुल्भ्सले एभर्टनमाथि १–०को जित निकाल्दा लिड्स युनाइटेडले नर्विच सिटीमाथि २–१को जित निकाल्यो।

जितसँगै २८ खेलमा ५९ अंक जोडेको चेल्सी लिगको तेस्रो स्थानमा यथावत् रहेको छ। दुई खेल कम खेलेको आर्सनल ५१ अंकका साथ चौथो स्थानमा रहेको छ। पराजित न्युकासल ३१ अंक जोडेर १४ औं स्थानमा रहेको छ।

यता, जित निकालेको वेस्ट्हयाम ४८ अंकका साथ छैठौं र ४६ अंकका साथ वुल्भ्स सातौं स्थानमा छन्। एस्टनभिल्ला ३६ अंकका साथ नवौैं स्थानमा रहँदा एभर्टन २२ अंकका साथ १७औं स्थानमा रहँदै रेलिगेसन टार्न संघर्ष गरिरहेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लेस्टरलाई हराउँदै आर्सनल चौथो स्थानमा
Next post झापा गोल्डकप फाइनल : झापा ११ च्याम्पियन बन्ला कि फेरि उपविजेतामै सीमित रहला ?
Close