क्लब फुटबलफुटबल

लेस्टर र लिड्स रेलिगेसनमा पर्दा एभर्टन जोगियो

इंग्लिस प्रियिमर लिगको पूर्वविजेता लेस्टर सिटी यो सिजन रेलिगेसनम परेका छन्। लिगको अन्तिम खेलमा वेस्टहममाथि २–१को जित निकाले पनि लेस्टर रेलिगेसनबाट बच्न सकेन्।

अन्तिम खेलमा टोटनहमसँग पराजित भएपछि लिड्स युनाइटेड पनि रेलिगेसनमा परेको छ। यता, लेस्टर र लिड्स रेलिगेसनमा पर्दा एभर्टन भने रेलिगेसनबाट जोगिएको छ।

माथिल्लो डिभिजनमै रहने क्रममा उसले अन्तिम खेलमा बोर्नेमाउथ माथि १–०को कठीन जित निकाल्यो। बराबरीमा रोकिएको अवस्थामा पनि एभर्टन रेलिगेसनमा पर्ने थियो।

प्रिमयर लिगमा रहिहरन लेस्टरलाई अन्तिम खेल जितेर मात्र पुगेन एभरटन पनि पराजित हुनुपर्ने थियो । एभरटनलाई भने जितले रेलिगेनस जोगिन्थ्यो । यसमा एभरटन सफल भयो।

एभरटन ३८ खेलबाट ३६ अंक जोड्दै १७औं स्थानमा रह्यो । अन्तिम खेलमा जितेको लेस्टरको ३८ खेलबाट ३४ अंक मात्र भयो। लेस्टर ९ वर्षपछि दोस्रो च्याम्पियनसिपमा घटुवा भएको छ।

३८ खेलबाट ३१ अंक जोडेको लिड्स १९औं भयो । साउथह्याम्पटन यसअघि नै रेलिगेसनमा परिसकेको थियो। उसले अन्तिम खेलमा लिभरपुललाई १–१को बराबरीमा रोक्यो।