आइभोरी कोस्टलाई पेनाल्टीमा हराउँदै इजिप्ट अन्तिम ८मा

Read Time:1 Minute

इजिप्ट क्यारुनमा जारी अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अन्तिम ८मा स्थान सुरक्षित गर्ने क्रममा मोहम्मद सलाहको नेतृत्वमा रहेको इजिप्टले आइभोरी कोस्टलाई पेनाल्टीमा ५–४ले हरायो।

निर्धारित ९० र थप गरिएको समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो।

पेनाल्टीमा इजिप्टका जिजो, अमर एल सोलिया, ओमार कमाल, मोहमद अब्देल र मोहमद सलाहले गोल गरे भने आइभरी कोष्टका निकोलस पेपे, इब्राहिम सांगारे, म्याकस्वेल कर्नेट र विलफ्रेड जाहाले गोल गरे गर्दा एरिक बाइको पेनाल्टी प्रहार इजिप्टका गोलकिपरले बचाए।

सन् २०१० पछि पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको इजिप्टले क्वाटरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post उज्वलले पुरा गरे तेक्वान्दो प्रशिक्षक कोर्स
Next post गिनी अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा
Close