बार्सिलोनाले भित्र्यायो सिटीका युवा डिफेन्डर

इंग्लिस क्लब म्यान्चेस्टर सिटीका युवा डिफेन्डिर इरिक गार्सिया स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएको छन्। २० वर्षीय गार्सिया फ्रि ट्रान्सफरमा बार्सिलोनमा आबद्ध भएका हुन्।

बार्सिलोनाकै एकेडेमी ला मासियाका उत्पादन गार्सियाले बार्सिलोनासँग ५ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२६ सम्म क्याम्प नेउमा रहने छन्। बार्सिलोनाले गार्सियाको रिलिज क्लज ४ सय मिलियिन युरो तोकेको छ।

सन् २००८मा ला मासियामा आबद्ध भएका गार्सियाले बार्सिलोनाको यू–१९ र यू २३ टिमबाट खेलेका थिए । उनी सन् २०१७मा सिटीमा आबद्ध भएका थिए ।

सन् २०१८मा सिटीको सिनियर टिममा डेब्यू गरेका गार्सियाले सिटीका लागि ३५ खेल खेलेका छन् । यो सिजन भने उनले १२ खेल मात्र खेल्ने मौका पाएका थिए।

सन् २०२० मा स्पेनको राष्ट्रिय टिममा डेब्यू गरेका गार्सियाले त्यसयता ७ खेल खलिसकेका छन् । युरोकपका लागि घोषणा गरिएको स्पेनिस टिममा पनि छन्।

Facebook Comments Box