डेब्यूमै हालान्डले ह्याट्रिक गर्दा डर्टमन्ड विजयी

१९ वर्षीय नेर्वेजियन युवा स्ट्राइकर इर्लिङ हालान्डले डेब्यू खलेमै ह्याट्रिक गरेपछि जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमन्ट विजयी भएको छ । हालान्डले डेब्यूमा ह्याट्रिक गरेपछि डर्टमन्डले २–०ले पछि परेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै अग्सवर्गमाथि ५–३ को सानदार जित निकाल्यो ।

हालान्ड विन्डर टान्सफर विन्डोमा अस्ट्रियन क्लब रेडबुल साल्जबर्गबाट टर्डमन्ड आएका हुन् । साल्जबर्गका लागि च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै हालान्ड चर्चित बनेका थिए । उनले साल्जबर्गकै लय डर्टमन्डमा पनि देखाए ।

टर्डमन्डको जितमा हालान्डका साथै जोर्डन सान्चो र जुलियन ब्रान्टले पनि १–१ गोल गरे । आग्सबर्गका फ्लोरियन निडेरलिच्नरले दुई गोल गरे भने मार्को रिट्चरले एक गोल गरे ।

निडेरलिच्नरले ३३औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा टर्डमन्ड १–०ले पछि परेको थियो । दोस्रो हाफको पहिलो मिनेटमै रिट्चरले गोल गर्दै अग्सबर्गको अग्रता दोब्बर बनाए । लगत्तै ब्रान्टले गोल टर्डमन्डलाई खेलमा फर्काएका थिए । उनले ४९औं मिनेटमा गोल गरेका थिए ।

५५ औं निडेरलिच्नरले पुनः गोल गरेपछि अग्सबर्गले फेरि २ गोलको अग्रता लियो । तर, त्यसपछि हालान्डले ५९ औं मिनेटमा गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ६१औं मिनेटमा सान्चोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ७० र ७९औं मिनेटमा हालान्डले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ५–३ को जित दिलाए ।

जितसँगै डर्टमण्डले १८ खेलमा ३३ अंक जोड्दै लिगको चौथो स्थानमा छ । अग्सवर्ग २३ अंकका साथ ११औं स्थानमा छ । ४० अंक जोडेको आरबी लेइप्जिग बुन्डेस लिगाको शीर्ष स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.