हालान्डको ह्याट्रिकमा सिटीकाे सानदार जित

Read Time:2 मिनेट

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टविरुद्ध आधा दर्जन गोल गरेको छ। उसले घरेलु मैदानमा फरेस्टविरुद्ध ६–० को सानदार जित निकालेको हो।

सिटीको जितमा नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक गरे। जुलियन अल्भारेजले दुई तथा जोआओ क्यान्सेलोको थप एक गोल थपे।

इतिहाद स्टेडियममा बुधबार राति गोलको वर्षा भएको खेलको १२औं मिनेटमा हालान्डको गोल गर्दै टोलीलाई सुरूआती अग्रता दिलाए।

२३ औं मिनेटमा हालान्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। ३८औं मिनेटमा हालान्डले ह्याट्रिक पुरा गरेपछि सिटीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भयो।

हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक पूरा गरेका हुन्। यसअघि हालान्डले क्रिस्टल प्यालेसमाथि ४–२ को जित निकाल्दा ह्याट्रिक पूरा गरेका थिए।

५० औं मिनेटमा जोओ क्यान्सेलोले गोल गरेपछि सिटी ४–० ले अघि बढ्यो। त्यसपछिको दुवै गोल अल्भारेजले गरे। खेलको ६५औं मिनेटमा अल्भारेजले गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो। ८७ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे।

सानदार जितसँगै सिटी ५ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा यथावत छ। पराजित नटिङहम फरेस्ट ४ अंक जोडेर १५औं स्थानमा पुगेको छ। शीर्षस्थानको आर्सनलको ५ खेलमा शतप्रतिशत जितसहित १५ अंक छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रिमियर लिगमा आर्सनलको लगातार पाँचौं जित
Next post टिम डेभिडले अस्ट्रेलियाबाट विश्वकप खेल्ने
Close