हालान्ड सिटी आउने पक्का

Read Time:1 Minute

जर्मन क्लब बोरुसिया डर्टमण्डका नर्वेजियन स्टार खेलाडी स्ट्राइकर अर्लिङ हालान्ड इंग्लिस क्लब म्यानचेस्टर सिटी आउने भएका छन्। खेलाडी ट्रान्सफर मार्केरका जानकार खेलपत्रकार फाब्रिसियो रोमानाले हालान्ड सिटी आउने पक्का भएको जनाएका छन्।

उनका अनुसार २१ वर्षीय स्ट्राइकर सिटी आउने पक्का भएको र यसै साता सिटीसँग औपचारिक सम्झौता गर्नेछन्। हलान्डले सिटीसँग ४ वर्षको सम्झौता गर्ने बताइएको छ।

यो सिजन लगभग स्ट्राइकर बिनै खेलेको सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिडसँग पराजित भएको केही दिनमै हालान्डलाई अनुबन्धन गरेको हो।

हालाण्ड २०२० मा आरबी साल्जवर्गबाट डर्टमण्ड आएका थिए। त्यसयता उनले ८८ खेलमा ५५ गोल गरेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मुम्बईलाई हराएको कोलकाताको प्लेअफ सम्भावना कायमै
Next post सूर्यकुमार यादवले आईपिएलका बाँकी खेल गुमाउने
Close