हल्यान्डले जिते गोल्डेन बोइ अवार्ड

जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर इर्लिङ हल्यान्डले गोल्डेन बोइ अवार्ड जितेका छन् । नर्वेका खेलाडी हल्यान्डले सन् २०२० मा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बोइ अवार्ड जितेका हुन् ।

इटालियन पत्रिका टुट्टो स्पोर्ट्सले सन् २००३ देखि हरेक २१ वर्ष मुनिका उत्कृष्ट खेलाडीलाई यो अवार्ड प्रदान गर्ने गर्दछ । यो अवार्ड अघिल्लो वर्ष एट्लेटिको मडिडका जोआ फेलिक्सले जितेका थिए ।

अवार्ड जित्ने क्रममा हालाण्डले डर्टमण्डकै जाडोन सान्चो, बायर्न म्युनिखका अल्फान्सो डेभिस, म्यानचेष्टर युनाइटेडका मासोन ग्रीनउड र बार्सिलोनाका अन्सु फातीलाई पछि पारे । गत सिजन साल्जवर्गबाट डर्टमण्ड पुगेका २० वर्षीय हल्यान्डले २०१९-२० सिजनमा ४४ गोल गरेका थिए । यस सिजन ११ खेलमा ११ गोल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP