स्पानियोलसँग हार्‍यो रिलय मड्रिड

स्पेनिस ला लिगामा रियल मड्रिड पराजित भएको छ। आइतबार राति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग २–१ले पराजित भएको हो।

घरेलु मैदानमा स्पानियोललाई जित दिलाउन राहुल डे टोमस र एलेइक्स भिडालले गोल गर्दा रियलका करिम बेन्जिमाले गोल गरेका थिए।

खेलको १७औं मिनेटमै टोमसले गोल गर्दै रियलविरुद्ध स्पानियोललाई अग्रता दिलाए । ६०औं मिनेटमा भिडालले गोल गर्दै स्पानियोलको अग्रता दोब्बर बनाए ।

७१औं मिनेटमा करिम बेन्जिमा उत्कृष्ट गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । तर, त्यसपछि गोल नहुँदा स्पानियोल २–१ले विजयी भयो ।

खेलमा स्पानियोलमाथि निरन्तर दबाब बनाए पनि रियलले गोल भने गर्न सकने । उसले ६६ प्रतिशत बल पोजेसन बनाउँदै १८ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो । यता, स्पानियोलले ८ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।

हारसँगै रियलले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता लिने अवसर गुमायो । एट्लेटिको मड्रिडसँग समान १७ अंक भएपनि रियल गोलअन्तका आधारमा श

आइतबार नै भएको अर्को खेलमा इल्चे विजयी भएको छ । डारिओ बेनेडेट्टोको निर्णायक गोल मद्दतमा इल्चेले सेल्टाभिगोलाई १–०ले हरायो।

Facebook Comments Box