
युरोकपमा पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा
सन् २०२० को युरोकपको ड्र सार्वजनिक भएको छ । सार्वजनिक ड्र अनुसार डिफेन्डिङ च्याम्पियन पोर्चुगल, विश्वच्याम्पियन फ्रान्स र ४ पटकको विश्वविजेता जर्मनी एउटै समूहमा परेका छन् ।
शनिबार राति सर्वाजनिक भएको ड्रअुसार पोर्चुगल, फ्रान्स र जर्मनी ग्रुप एफमा परेका छन् । यो समूहमा प्लेअफको समूबीको विजेता पनि रहेको छ । यो समूहलाई ग्रुप अफ डेथ मानिएको छ ।
यसैगरी इटाली, स्वीट्जरल्यान्ड, टर्की र वेल्स पनि एउटै समूहमा परेका छन् । यसलाई पनि युरोकपको कठीन समूह मानिएको छ । यस्तै, इंग्ल्यान्ड र क्रोएसिया तथा स्पेन, पोल्यान्ड र स्वीडेन पनि समूह चरणमै भिड्ने भएका छन् ।
यता बेज्लियम र नेरल्यान्ड्स भने तुनालत्मक रुपमा सहज समूहमा परेका छन् । बेज्लियम रुस, फिनल्यान्ड र डेनमार्कसँगै समूह बीमा छ भने नेदरल्यान्ड्स रहेको समूह सीमा युक्रेन र चेक रिपब्लिक छन् ।

कुन समूहमा कुन टिम ?
समूह ए : इटाली, स्वीट्जरल्यान्ड, टर्की, वेल्स
समूह बी : बेल्जियम, रुस, डेनमार्क, फिनल्यान्ड
समूह सी : युक्रेन, नेदरल्यान्ड्स, अस्ट्रिया, प्लेअफको समूह डीको विजेता
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक, प्लेअफको समूह सीको विजेता
समूह ई : स्पेन, पोल्यान्ड, स्वीडेन, प्लेअफको समूह बीको विजेता
समूह एफ : पोर्चुगल, फ्रान्स, जर्मनी र प्लेअफको समूह एको विजेता