डेनमार्कविरुद्ध सेमिफाइनलमा गरेको हर्कतका कारण इंग्ल्यान्डलाई युइएफएले तिरायो ३० हजार युरो जरिवाना

युरोपेली फुटबल संघहरुको नियामक निकाय युइएफएले इंग्ल्यान्डलाई कारबाही गर्ने ३० हजार डलर जरिवाना तिराएको छ । युरोकप सेमिफाइनलअन्र्गत डेनमार्कविरुद्धको खेलका क्रममा खेलभावना विपरित कार्य गरेको भन्दै युइएफएले इंग्ल्यान्ड फुटबल एसोसिएसनलाई कारबाही गरेको हो।

जारी युरोकप २०२० अन्तर्गत वेम्बली स्टेडियममा भएको इंग्ल्यान्ड र डेनमार्कबीचको खेलको एक्स्ट्रा टाइममा इंग्ल्यान्डले पेनाल्टी पाएको थियो। इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टी प्रहार गर्ने बेलामा डेनमार्कका गोलकिपर क्यास्पर स्माइकलको आँखामा लेजर लाइट बालिएको भिडियोमा देखिएको थियो।

इंग्ल्यान्डका समर्थकले उनको आँखामा लेजर लाइट बालिदिएका कारण असहज भएपछि स्माइकलले केनको पेनाल्टी रोकेपनि बल समात्न नसकेको धारणा दिनभर सामाजिक सञ्जालमा आएका थिए। पेनाल्टी रोकेर डिफ्लेक्ट भएको बलमा केनले नै गोल गरेपछि इंग्ल्यान्ड २–१ ले विजयी हुँदै पहिलोपटक युरोकप फाइनलमा प्रवेश गरेको थियो।

यस्तै, खेल सुरु हुनुअघि डेनमार्कको राष्ट्रिय गान बज्दै गर्दा पनि ‘अवरोध’ पु¥याएको आरोप इंग्ल्यान्डलाई लागेको छ। डेनमार्कको राष्ट्रिय गान बजेको समयमा पटका पड्काएर तथा ‘बू’ गरेर अवरोध गरेको आरोप इंग्ल्यान्डलाई लागेको हो।

Facebook Comments Box