स्पेनलाई पेनाल्टीमा हराउँदै इटाली फाइनलमा

स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली युरोकपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति वेम्बलीमा भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ले पराजित गर्दै इटाली फाइलनमा प्रवेश गरेको हो।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा इटालीका लागि फेडेरिको बेन्टान्कुर, आन्द्रे बेलोट्टी, जर्जिन्हो र लियोनार्दो बोनुचीले गोल गरे भने म्यानुअल लोकाटेलीको प्रहार स्पेनका किपर उनाइ सिमोनले रोकेका थिए ।

स्पेनका जेरार्ड मोरेनो, थिएगो अल्कान्टारले गोल गर्दा अल्भारो मोराटाको प्रहार इटालीका किपर जियानलुइजी डोनारुमाले रोकेका थिए भने ड्यानी ओल्मोको प्रहार बाहिरिएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६०औं मिनेटमा फेडेरिको चिएसाले उत्कृष्ट गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाए । उनले किरो इमोबिलको पासमा गोल गरेका थिए। ८०औं मिनेटमा अल्भारो मोराटाले ड्यानी ओल्मोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि थप गरिएको ३० मिनेटको समयमा कुनै गोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो । त्यसअघि दुवै टिमका खेलाडीले गोलका केही अवसर गुमाएका थिए ।

स्पेनका अल्भारो मोराटा, मिकेल ओयासाबेलले गोलका निश्चित अवसर खेर फाले भने केही प्रहार इटालीका किपरले बताए । यस्तै, इटालीका फेडेरिको चिएसा, निकोलो बरेलालगायतले पनि सुन्दर अवसर खेल फाले।

यो जितसँगै इटालीले सन् २०१२को युरोकप फाइनलमा पाएको हारको बदला पनि लिएको छ । त्योबेला इटाली स्पेनसँग ४–०ले पराजित भएको थियो । स्पेनविरुद्धको जितसँगै इटालीले आफ्नो अपराजित यात्रालाई ३३ खेलसम्म पु¥याएको छ।

इटाली ठूला प्रतियोगितामा १० पटक फाइनल पुगेको हो। इटाली ६ पटक विश्वकप र ४ पटक युरोकप फाइनल पुगेको छ । यो जर्मनीभन्दा मात्र कम हो । जर्मनी १४ पटक ठूला प्रतियोगिताको फाइनल पुगेको छ।

यो पेनाल्टी सुटआउट इटाली र स्पेनबीचको १०औं पेनाल्टी सुटआउट हो । यो युरोपका दुई टिमबीच भएको सर्वाधिक पेनाल्टी सुटआउट हो।

अब फाइनलमा इटालीले इंग्ल्यान्ड र डेनमार्ककाे जवजेतासँग खेल्ने छ।

Facebook Comments Box