युरोकपमा चल्न नसकेका पाँच स्टार खेलाडी

पहिलो पटक युरोपका विभिन्न ११ शहरले संयुक्त रुपमा आयोजना गरिररहेको युरोपकको १६औं संस्करण अहिले मध्यान्तरमा आइपुगेको छ । बुधबार राति समूह इ र एफका खेल सकिएसँगै युरोकपको समूह चरण सकिएको छ । अब शनिबारबाट नकआउट चरणको खेल सुरु हुने छ। युरोकपमा ५३ खेलमध्ये ३६ खेल सकिसकेका छन्। यी खेलमा ९४ गोल भइसकेकाछन्, औसतमा प्रत्येक खेलमा २ भन्दा बढी गोल भएका छन्।

यो युरोकपमा नाम चलेकै स्टार चलेका छन्। जस्तै, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, फ्रान्सका करिम बेन्जिमा, बेल्जियमका रोमेलु लुकाकु छ। केही स्टार खेलाडीले त अपेक्ष अनुसार नै प्रदर्शन गरे, तर केही स्टार खेलाडीले अपेक्षा अनुसारको खेल मैदानमा देखाउन सकेनन र गोल गर्न संघर्ष गरिरहेका छन्।

जारी युरोकपमा गोल गर्न संघर्ष गरिरहेका स्टारमा इंग्ल्यान्डमा ह्यारी केनदेखि फ्रन्सका किलियन एम्बाप्पेसम्म छन्। घरेलु लिगका सर्वाधिक गोलकर्ता यी दुवै खेलाडी युरोकपको समूह चरणमा फ्लम नै भए । यी हुन् युरोकपमा फ्लप स्टारः

ह्यारी केन (इंग्ल्यान्ड)

इंग्लिस स्ट्राइकर ह्यारी केनले यो सिजन प्रिमियर लिगमा गज्जबको फुटबल खेले । उनको टिम टोटनह्यामले खराब प्रदर्शन गरे पनि केनको गोलको गतिमा कुनै कमी आएन । टोनह्याम च्याम्पियन्स लिग र युरोपा लिगमा छनोट हुनै सकेन, तर केन भने प्रिमियर लिगको सर्वाधिक गोलकर्ता र असिस्टकर्ता बने।

केनको यो लय फुटबलप्रेमीले युरोकपमा पनि हेर्न चाहेका थिए । तर, केनले दर्शकको त्यस्तो अपेक्षा पुरा गर्न सकेनन्। घरेलु लिगका स्टार यी खेलाडी युरोकपमा गोलका लागि संर्घषरत देखिए ।

केनले गोल नगरेपनि समूहमा २ जित र १ बराबरी नतिजासहित उनको टिम इंग्ल्यान्ड समूह डीको शीर्ष स्थानमा रहँदै नकआउट चरण भने पुगेको छ। समूहका तीन खेलमा इंल्यान्डले जम्मा २ गोल ग¥यो, यी दुवैल गोल रहिम स्टर्लिङको नाममा रह्यो। इंग्ल्यान्डको दुई जितमा केनको भूमिका शुन्यजस्तै रह्यो।

इंग्ल्यान्ड अन्तिम १६मा बलियो प्रतिद्वन्द्वी पाएको छ, जर्मनीका रुपमा । जर्मनीको चुनौती पन्छाउँदै अगाडि बढ्ने हो भने केनले गोलको खडेरी तोड्नु आवश्यक छ।

केलियन एम्बाप्पे (फ्रान्स)

क्लब र देशका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दे आएका युवा स्टार हुन्, केलियन एम्बाप्पे । तर, जारी युरोकपमा भने एम्बाप्पेले आफ्नो कमाल देखाउन सकेका छैनन् । समूह चरणको तीन खेलमा उनी गोलबिहीन छन्।

उनले क्लब फुटबलका पिएसजीका लागि निरन्तर गोल गरिरहेका थिए, त्यसैले त उनी लागतार तेस्रो सिजन लिग वानका सर्वाधिक गोलकर्ता बनेका थिए । राष्ट्रिय टिमा पनि उनको प्रदर्शन त्यस्तै थियो।

समूह चरणको पहिलो खेलमा जर्मनीविरुद्ध राम्रो खेलेर पनि गोल गर्न नसकेका एम्बाप्पे त्यसपछिका दुई खेलमा छायाँमै रह्यो । एम्बाप्पेले गोल नगर्दा पनि फ्रान्सलाई विपक्षीको पोष्टमा गोल गर्न गाह्रो भने भएन । त्योकाम भेट्रान स्ट्राइकर करिम बेन्जिमा र एन्टोइन ग्रिजम्यानले गरेका छन्।

एम्बाप्पेले गोल गर्न नसक्नेपनि फ्रान्स समूह एफको विजेताका रुपमा अन्तिम १६ मा पुगेको छ।

यो पनि पढ्नुहोस्ः ‘एम्बाप्पेको इगोका कारण फ्रान्सले युरोकप जित्न सक्दैन’

जरार्ड मोरेनो (स्पेन)

अघिल्लो सिजन भिल्लारियलबाट उत्कृष्ट प्रदर्शन गरेपछि मोरेनोले स्पेनिस टिममा नियमित स्थान बनाएका छन्। २९ वर्षीय मोरेनोकै उत्कृष्ट प्रदर्शन मद्दतमा भिल्लारियलले युरोपा लिग जितेको थियो । उनले अघिल्लो सिजन ३० गोल गरेका थिए।

स्पेनका लागि १४ खेलमा ५ गोल गरिसहेका मोरेनो युरोकपमा भने गोलका लागि संघर्षरत छन् । स्वीडेनविरुद्धको पहिलोमा सब्ट्च्यिुटका रुपमा मैदान छिरेका उनले पछिल्ला २ खेलमा सुरुआतमै स्थान बनाए, तर उनी खेलमा आफ्ना प्रभाव छाड्न असफल रहे । स्लोभाकियाविरुद्धको समूह चरणको अन्तिम खेलमा मोरेनोले पेनाल्टीमा पनि गोल गर्न सकेनन्।

समूह चरणमा २ बराबरी र १ जित निलेको स्पेन उपविजेताका रुपमा नकआउट चरण पुगेको छ। अब उसले क्वार्टरफाइनल प्रवेशका लागि विश्वकपको फाइनलिस्ट क्रोएसियाको सामाना गर्ने छ।

ब्रुनो फर्नान्डेस (पोर्चुगल)

पोर्चुगिज टिममा क्रिस्टियानो रोनाल्डोपछिका स्टार कोही छन् भने ती मिडफिल्डर ब्रुनो फर्नान्डेस हुन्। तर, जारी युरोकपमा उनले आफ्नो छवि अनुसारको प्रदर्शन गर्न सकेनन्।

सन् २०१९÷२०को सिजनको मध्यमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका पुगेका फर्नान्डेसले त्यसयता उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दुवै सिजन उनी युनाइटेडका सिजनको उत्कृष्ट खेलाडी बनेका थिए।

समूह चरणका सुरुआती २ खेलमा निरासाजनक प्रदर्शन गरेपछि फर्नान्डेस र पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोषका खुबै आलोचना भयो । फर्नान्डेसको आलोचना गर्दै कतिपयले पोर्चुगलले १० खेलाडी खेलर जित निकाल्न नसक्दै भन्दै जित्नक लागि ११ खेलाडी खेल्नु पर्नै बताए । यस्तो भन्नेमा प्रशिक्षक जोसे माउरिन्हो पनि थिए।

अलोचना भएपछि प्रशिक्षक सान्तोषले समूहको अन्तिम खेममा फ्रान्सविरुद्ध फर्नान्डेसलाई बेन्चमा राखे । फर्नान्डेसको अनुपस्थितिमा पोर्चुगलले उत्कृष्ट फुटबल खेलेको थियो। त्यो खेलमा उनी खेलको अन्त्यतिर सब्टिच्यूट खेलाडीका रुपमा मैदान छिरेका थिए।

इडेन हार्जाड (बेल्जियम)

फिफा वरियताको शीर्ष टिम बेल्जियमले समूह चरणमा अपेक्षा अनुसार नै प्रदर्शन ग¥यो । र, शतप्रतिशत जितका साथ नकआउट चरण पुग्यो ।

बेल्जियमका अहिलेसम्मै सबैभन्दा ठूल स्टार हुन्, इडेन हाजार्ड । तर, उनले युरोकपमा आफ्ना छवि अनुसारको प्रदर्शन गर्न सकेका छैनन् ।

यी स्टार पछिल्लो सयम खराब लयबाट गुज्रिरहेका छन् । सन् २०१९मा चेल्सी छाड्दै रियल मड्रिड पुगेपछि उनले लय गुमाएका छन्। यो सिजन धेरै समय चोटका कारण उनी मैदान बाहिररै रहे।

फर्ममै नरहेकाले प्रशिक्षक रोबर्टो मार्टिनेजले हाजार्डलाई सुरुआती २ खेलमा बेन्मै राखे । र, खेलको अन्त्यतिर मात्र मैदान छिराए । अन्तिम खेलमा भने हाजार्डले ९० मिनेट नै मैदान बिताए । डेनमार्कविरुद्ध दोस्रो गोलमा असिस्ट गर्नु नै उनको उत्कृष्ट प्रदर्शन रह्यो।

समूह चरण सहजै पार गरेपछि अन्तिम १६मा बेल्जियमले बलियो प्रतिद्वन्द्वी पाएको छ, पोर्चुगलका रुपमा छ। त्यसैले पोर्चुगलविरुद्ध जित निकाल्दै अगाडि बढ्न बेल्जियमलाई हाजार्ड फर्म आउनु आवयश्क छ। र, उनलाई फर्ममा फर्किने अवसर हुने छ।

यो पनि पढ्नुहोस्ः ‘एम्बाप्पेको इगोका कारण फ्रान्सले युरोकप जित्न सक्दैन’

Facebook Comments Box