आज समूह डीबाट नकआउट चरणमा पुग्ने २ टिमको टुंगो लाग्ने

१६ औं संस्करणको युरोकपमा मंगलबार समूह डीका दुई खेल हुँदै छन् । जसमा शीर्ष स्थानको प्रतिस्पर्धामा रहेका दुई इंग्ल्यान्ड र चेक रिपब्लिक तथा नकआट चरणमा स्थान बनाउन संघर्षरत क्रोएसिया र स्कटल्यान्ड भिड्न् छन् । दुवै राति १२ः४५ बजे सुरु हुनेछ।

यो समूहमा चेक रिपब्लिक शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो स्थानमा छ । दुवैको समान ४ अंक छ । यस्तै, तेस्रो र चौथो स्थानमा रहेका क्रोएसिया र स्टकल्यानडको समान १ अंक छ।

नकआउट चरणमा पुग्ने चारै टिमको सम्भावना रहेकाले दुवै खेल महत्वपूर्ण छन्। यी मध्ये नकआउट चरण पुग्न इंग्ल्यान्ड र चेकलाई सहज छ । क्रोएसिया र स्कटल्यान्ड नकआट पुग्न इंग्ल्यान्ड र चेकबीचको खेलमा स्पष्ट नतिजा आउनु पर्ने छ। यी दुईबीचको खेलमा पनि स्पष्ट नतिजा आउनु पर्ने छ।

इंग्ल्यान्ड र चेकबीचको खेल बराबरीमा सकिए, यी दुवै टिम समूह डीबाट नकआउट चरण पुग्ने छन् । यस्तोमा क्रोएसिया र स्कटल्यान्डबीचको खेलमा जित निस्किए जित्ने टिमको तेस्रो स्थानको उत्कृष्ट चारभित्र पर्दै नकआउट चरण पुग्ने सम्भावना रहन्छ ।

यदि इंग्ल्यान्ड र चेकबीचको खेलमा स्पष्ट नतिजा आए, क्रोएसिया र स्कटल्यान्ड मध्ये एक दोस्रो हुन सक्ने छ। तर, खेल जयसले जिते पनि फराकिलो जित निकाल्नु पर्ने छ ।

चेकले प्रतियोगितामा अहिलेसम्म गरेका तीन गोलमध्ये सबै प्याट्रिक सिकको नाममा छ । टोलीका लागि एक अंक नै समूह विजेताका रूपमा नकआउट पुग्न पर्याप्त हुनेछ । बराबरीले इंग्ल्यान्डलाई पनि अन्तिम १६ सम्म पुर्‍याउने छ । स्कटल्यान्डविरुद्धको पछिल्लो खेल निरस गोलरहित बराबरी खेलेको हुनाले इंग्ल्यान्ड घरमै भइरहेको आफ्नो अन्तिम लिग चरणको खेलमा राम्रो नतिजासँगै अगाडि बढ्न उत्सुक रहनेछ ।

चेकविरुद्ध खेल्दा इंग्ल्यान्डको प्रदर्शन पछिल्लो खेलको तुलनामा अझ परिस्कृत हुनुपर्नेछ । इंग्ल्यान्डका लागि समस्या भनेको कप्तान तथा प्रमुख खेलाडी ह्यारी केन अहिलेसम्म चुपचाप निस्क्रिय जस्तै रहनु हो । चेक भने अहिलेसम्म अपराजित रहन सकेको हुनाले उत्साहित रहनेछ ।

जतिबेला इंग्ल्यान्ड र चेक गणतन्त्र शीर्षस्थानका लागि भिडिरहेका हुन्छन्, ठीक त्यही बेला क्रोएसिया र स्कटल्यान्ड पनि मंगलबार आमनेसामने हुनेछन् । यो खेलमा दुवै टिमको लक्ष्य भने फरक हुनेछ । त्यो हो, जितसँगै तेस्रो स्थानमा आउने । गणितीय रूपमा दोस्रो स्थानको सम्भावना कायम रहनेछ यो खेलमा । तर दुवै टिमले प्रतियोगितामा अहिलेसम्म अपेक्षित लय समात्न सकेका छैनन् र गोलकै लागि संघर्ष गरिरहेका छन् ।

कम्तीमा झिनो अन्तरले क्रोएसिया स्कटल्यान्डभन्दा माथि छ । टोलीले पछिल्लो खेलमा चेकविरुद्ध १–१ को बराबरी खेलेको थियो । अर्कोतर्फ इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको स्कटल्यान्ड यही नतिजाका कारण उत्साहित रहेको हुनुपर्छ ।

ग्लास्गोमा हुने खेलअगाडि स्कटल्यान्डका लागि खुसीको तथ्य के हो भने क्रोएसियाविरुद्धका ५ खेलमा अपराजित छ । यसमध्ये तीन खेलमा जित निकाल्न सकेको छ । स्कटल्यान्डसामु ठूला प्रतियोगितामा नकआउट चरण पुग्न नसक्ने तथ्यलाई काट्ने चुनौती हुनेछ ।

Facebook Comments Box