रास्फोर्ड, सान्चो र साकामाथि दुर्व्यहार गर्ने ४ जना पक्राउ

गत साता सम्पन्न युरोकप फाइनलका क्रममा इंग्ल्यान्डका खेलाडीमाथि रंगभेदी दर्व्यहार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। इटालीविरुद्धको युरोकप फाइलनमा पेनाल्टी मिस गरेका मार्कस रास्फोर्ड, जाडोन सान्चो र बुकायो साकामाथि सामाजिक सञ्जालमा रगभेदी दुर्व्यवहार भएको थियो।

खेलाडीमाथि सामाजिक सञ्जालमा रंगभेदी दुर्व्यहार गर्ने ४ जनालाई बेलायती प्रहरीले शुक्रबार पक्राउ गरेको हो । सो घटनाकोविरुद्धमा २४ घण्टामै प्रहरीमा ८९७ उजुरी दर्ता भएको र २६४ जनालाई नियन्त्रणमा लिइएको थियाे। प्रहरीले अन्य उजुरीमाथि पनि अनुसन्धान भइरहेकाे जनाएकाे छ।

खेलाडीमाथि गरिएको दुर्व्यहवारको बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, इंग्ल्यान्ड फुटबल संघ, प्रशिक्षक गेराथ साउथगेटलगायत खेलाडीरुले पनि विरोध गरेका छन्।

Facebook Comments Box