मान्सिनीले घोषणा गरे युरोकपका लागि इटालीको टिम

आसन्न युरोकप फुटबल प्रतियोगितका लागि इटालीले आफ्नो टिम घोषण गरेको छ। प्रशिक्षक रोबर्टो मान्सिनीले युराकपका लागि मंगलबार २६ सदस्यीय टिम घोषाणा गरेका हुन् ।

रोबर्टो मान्सिनीले ससुओलोका २१ वर्षीय स्ट्राइकर गिएकमो रास्पाडोरीलाई पनि टिममा समावेश गरेका छन् । उनी पहिलो पटक टिममा परेका छन्।

टोलीमा जियानलुजी डोनारुमा, लियोनार्दो बोनुची, जर्जिओ किलिएनी, जिओभानी डि लरेन्जो, इमर्सन, निकोलो बरेला, जर्जिन्हो, लरेन्जो पेलेग्रिनी, मार्को भेराट्टी, आन्द्रे बेलोट्टी, फेडेरिको बर्नार्डेसी, फेडेरिको चिएसा, सिरो इम्मोबाइल, लरेन्जो इनसिग्नेलगायत खेलाडी छन्।

समूह ए मा रहेको इटलीले उद्घाटन खेलमै ११ जुनमा रोममा टर्कीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो खेल इटालीले १७ जुनमा स्वीट्जरल्यन्डसँग खेल्ने छ भने २० जुनमा वेल्सको सामाना गर्ने छ।

युरोकपको १६औं संस्करण ११ जुनदेखि ११ जुलाईसम्म युरोपको विभिन्न ११ देशमा आयोजना हुँदैछ।

Facebook Comments Box