इटाली, जर्मनी र बेल्जियम विजयी, फ्रान्स टर्कीसँग पराजित

युरोकप छनोटअतर्गत शनिबार राति भएका खेलमा जर्मनी, बेल्जियम र इटाली विजयी भएका छन् भने विश्वविजेता फ्रान्स भने अप्रत्यसित रुपमा पराजित भएको छ ।

शनिबार राति भएको खेलमा जर्मनीले बेलारुस, बेल्जियमले काजकिस्तान र इटालीले ग्रिसमाथि जित निकाल्दा विश्वविजेता फ्रान्स भने टर्कीसँग अप्रत्याशित रुपमा पराजित भयो ।

टर्कीमा भएको खेलमा फ्रान्स घरेलु टोलीसँग २–० ले पराजित हुन बाध्य भयो । खेलमा बल पोजेसन बनाए पनि फ्रान्सले एउटै पनि सट टार्गेटमा प्रहार गर्न सकेन ।

टर्कीले बलियो फ्रान्सविरुद्ध पहिलो हाफमै २ गोलको अग्रता बनाएको थियो । उसका कान आहनले ३० र जेन्गिज उन्डरले ४० औं मिनेटमा गोल गरेका थिए ।

यता, जमर्नले बेलारुसलाई २–० ले पराजित गरेको छ । युरोकप छनोटको समूह सीको खेलमा जमर्नलाई जित दिलाउन लिरोए सानेले १२औं र मार्को रिउसले ६२औं मिनेटमा गोल गरे ।

यस्तै, बेल्जियमले काजकिस्तानलाई ३–० ले हरायो । उसका ड्रिज मर्टिन्स, रोमेलु लुकाकु र टिमोथी कास्तानले गोल गरे । युरोप कप छनोटमै इटालीले ग्रिसलाई ३–० ले पराजित गरेको छ । उसका लागि लियोनार्दो बोनुची, लोरेन्जो इन्सिने, निकोलो बरिलाले गोल गरे ।

यसैगरी विश्वकपको उपविजेता क्रोएसियाले युरोपक छनोटमा वेल्सलाई २–१ ले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP