युरोपा लिग अन्तिम १६को ड्र सार्वजनिक, युनाइटेडले पायो एसी मिलानलाई प्रतिद्वन्द्वी

युरोपा लिग फुटबल प्रतियोगिताको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ। आज सार्वजनिक ड्र अनुसार इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानको सामाना गर्ने छ भने अर्को इंग्लिस क्लब आसर्ननले ओलम्पियाकोससँग खेल्ने भएको छ।

सर्वाजनिक ड्रअनुसार डच क्लब आयाक्सले योङ बोइजसँग खेल्ने छ भने स्पेनिस क्लब भिल्लारियलले डाइनामो किभको सामाना गर्ने छ।

यस्तै इंग्लिस क्लब टोटनह्यामले डिनामो जाग्रेब, इटाइलिन क्लब एएस रोमाले शख्तर डोनेस्कलाई प्रतिद्वन्द्वीका रुपमा पाएका छन्। स्टेभन जेरार्डको टिम रेन्जर्स र स्लाभिया प्राह तथा स्पेनिस क्लब ग्रानडा र मोल्डे पनि अन्तिम १६ मै भिड्ने छन्।

युरोपा लिगको अन्तिम १६को पहिलो लेग ११ मार्च र दोस्रो लेग १८ मार्चमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *