युरोपा लिग : युनाइटेड र टोटनह्यामको सहज जित, आर्सनल र लेस्टर रोकिए

युरोपा लिगका नकआउट चरण बिहीबार रातिबाट सुरु भएको छ। बिहीबार राति युरोपा लिगको नकआउट चरणमा चार इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड, टोटनह्याम, लेस्टर सिटी र आर्सनलले खेले । त्यसमा युनाइटेड र टोटनह्यामले सहज जित निकाल्दा आर्सन र लेस्टर सिटी बराबरीमा रोकिएको छ।

टुरिनमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडलाई ४–०ले हरायो। उसको जितमा ब्रुनो फर्नान्डेसले दुई गोल गरे भने मार्कस रास्फोर्ड र डानिल जेम्सले एक–एक गोल गरे ।

खेलको २७ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले २–०को अग्रता लियो । ६५औं मिनेटमा रास्फोर्ड र ९०औं मिनेटमा जेम्सले गोल गर्दै युनाइटेडलाई ४–० को जित दिलाए ।

यसैगरी अन्तिम ३२ को पहिलो लेगमा इंग्लिस क्लब टोटनह्यामले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनह्यामले अष्ट्रियन क्लब वल्फ्सवर्गरलाई ४–१ ले हरायो ।

वल्फ्सवर्गरको मैदानमा टोटह्यामलाई जित दिलाउन ह्युङ मिन सन, ग्यारेथ बेल, लुकास मोउरा र कार्लोस भिनिसियसले गोल गरेका थिए भने वल्फ्सवर्गरका माइकल लिइन्डिलले एक गोल फर्काए ।

टोटनह्यामले १३औं मिनेटमा सनको गोलबाट अग्रता लियने । त्यसपछि २८औं मिनेटमा बेल र ३४औं मिनेटमा मौराले गोल गरेपछि पहिलो हाफमा टोटनह्यामले ३–०को अग्रता लियो । ५५औं मिनेटमा घरेलु टोलीका माइकलले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । त्यसपछि ८८ औं मिनेटमा कार्लोसले गोल गर्दै टोटनह्यामलाई ४–१ को जित दिलाए ।

यसैगरी अन्य खेलमा आर्सनल र लेष्टर सिटीले भने बराबरी खेलेका छन् । आर्सनल पोर्चुगिज क्लब बेन्फिकासँग १–१ गोलको बराबरीमा रोकिँदा लेस्टर स्लाभिया प्राहासँग गोलरहित बराबरीमा रोकियो।

रोममा भएको खेलमा बुकायो साकाले गोल गरेपछि आर्सनल हारबाट जोगिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५५औं मिनेटमा पिज्जीले पेनाल्टीमा गोल गर्दै बेन्फिकालाई १–० को अग्रता दिलाए । तर, ५७ औं मिनेटमा साकाले गोल गरेपछि खेल १(१ को बराबरीमा सकिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.