रोकियो बार्सिलोना, लेस्टर सिटीको जित

Read Time:1 Minute

युरोपा लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना टर्किस क्लब गालातासारेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । फ्रेन्की डे जोङ र मेम्फिस डिपाएले अवसर पाएपनि फिनिसिङ गर्न सकेनन् । बार्सिलोना र गलातासारेबीचको दोस्रो लेग अर्को हप्ता गलातासारेको मैदानमा हुनेछ ।

यस्तै, अन्तिम १६ कै अर्को खेलमा लेस्टर सिटी विजयी भएको छ। बिहीबार राति भएको खेलमा लेस्टरले फ्रेन्च क्लब रेनसलाई २–० गोल अन्तरले हराएको हो ।

लेस्टरलाई जित दिलाउन मार्क अलब्राइटन र केलिची इहानाचोले एक एक गोल गरे ।

यस्तै, अर्को खेलमा फ्रेन्च क्लब मोनाको ब्रागासँग २–० ले पराजित भयो भने इटालियन क्लब एट्लान्टाले जर्मन क्लब बायर लेभरकुसेनलाई ३–२ ले तथा रेन्जर्सले एफक्रेभेनालाई ३–० ले हराएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इपिएल : चेल्सी, वुल्भ्स र एस्टन भिल्ला विजयी
Next post मालिंगा बने राजस्थनको बलिङ प्रशिक्षक
Close