युरोपा लिगको क्वार्टरफाइनल समीकरण पुरा

युरोपा लिगको क्वार्टरफाइलन समीकरण पुरा भएको छ । बिहीबार राति भएका ४ खेलसँगै युरोपा लिगको अन्तिम ८को समीकरण पुरा भएको हो ।

अन्तिम १६का ४ खेलमा बिहीबार सेभिया र रोमा, वुल्भ्स र ओलम्पियाकोस, एफी बासेल र फ्र्यांकफर्ट, कायर लेभरकुसन र रेन्जर्स भिडेका थिए । यी खेलमा सेभिया, वुल्भ्स, बासेल र लेभरकुसन विजयी भए ।

सेभिया, वुल्भ्स, बासेल र लेभरकुसनसँगै म्यान्चेस्टर युनाइटेड, इन्टर मिलान, कोपनहेगन र सख्तर डोनेस्कले पनि अन्तिम ८मा स्थान सुरक्षित गरेका छन् । बुधबार राति भएका खेलमा युनइटेडले एलएएसकेलाई पराजित गरेको थियो भने इन्टरले गेटाफेलाई पराजित गरेको थियो । यस्तै, कोपनहेगनले इस्तानबुल र सख्तर डोनेस्कले वुल्भ्सवर्गलाई पराजित गरेका थिए ।

अगस्त ११ र १२ मा जर्मनीको स्प्रिट ऐरिनामा हुने अन्तिम ८मा सेभिया र वुल्भ्स, युनाइटेड र कोपनहेगन, इन्टर र लेभरकुसन तथा सख्तर डोनेस्क र बासेल भिड्ने छन् ।

बिहीबार राति भएको खेलमा सेभियाले इटालियन क्लबल रोमालाई २–० हरायो । यस्तै, यस्तै लेभरकुजनले स्कटिस क्लब रेन्जर्सलाई समग्रमा ४–१ ले पराजित गर्‍यो । पहिलो लेग ३–१ ले जितेको लेभरकुजनले दोस्रो लेगमा १–० ले विजयी भयो ।

यसैगरी वुल्भ्सले ओलम्पियाकोसलाई समग्रमा २–१ को जित हात पारेको छ भने बासेलले जर्मन क्लब फ्र्यांकफर्टलाई समग्रमा ४–० ले हरायो । बासेल पहिलो लेगमा ३–० र दोस्रो लेगमा १–० विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP