युनाइटेड युरोपा लिगको फाइनलमा, आर्सनल बाहिरियो

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गर्दा अर्को इंग्लिस क्लब आर्सनल भने फाइनल पुग्न असपल भएको छ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३–२ ले पराजित भएपनि समग्रमा ८–५ को जित निकाल्दै युनाइटेड उपाधि नजिक पुग्दा आर्सनल दोस्रो भिल्लारियलसँग गोलरहित बराबरी खेल्दै समग्रमा २–१ले पराजित भयो।

रोमाको मैदानमा भएको खेलमा पराजित भए पनि पहिलो लगेको ६–२ गोलको जितको कारण युनाइटडले फाइनल पुगेको हो। दोस्रो लेगमा रोमाका इडेन डेज्को र ब्रायन क्रिस्टान्टेले एक एक गोल गरे । युनाइटेडका एडिन्सन काभानीले दुई गोल फर्काए भने एलेक्स टेलेसले आत्मघाती गोल गरे।

३९ औं मिनेटमा काभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। पहिलो हाफ १–० मै सकियो । तर, ५७औं मिनेटमा डेज्कोले गोल गर्दै रोमालाई खेलमा फर्काए ।

६०औं मिनेटमा ब्रायनले गोल गर्दै रोमालाई २–१ को अग्रता दिलाए । ६८औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । तर, खेलको ८३ औं मिनेटमा एलेक्सले आत्मघाती गोल गरेपछि रोमाले ३(२ को जित निकाल्यो ।

यता घरेलु मैदानमा सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब भिल्लारियलले गोलरहित बराबरी खेलेपछि आर्सनल फाइनल पुग्न असफल भयो । आर्सनलमाथि भिल्लारियलले समग्रमा २–१ ले जित निकाल्यो ।

फाइनल खेल मे २६ मा पोल्यान्डको गडान्स्क रंगशालामा हुनेछ।

Facebook Comments Box