युरोपा लिगमा युनाइटेडको सानदार जित, आर्सनल रोकियो

Read Time:2 Minute

युरोपा लिगको अन्तिम १६को पहिलो लेगमा म्यानेस्टर युनाइटेडले सानदार जित निकाल्दा अर्को इंग्लिस क्लब आर्सनले भने बराबरीमा रोकिएको छ। बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४–१को सानदार जित निकाल्दा आर्सनल पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग २–२को बराबरीमा रोकियो।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले गोल गरे। रियल बेटिसका एयोजी पेरेजले सान्तवना गोल फर्काए ।

खेलको छैटौं मिनेटमा रासफर्डले गोल गर्दै खेलमा युनाइटेडले सुरूआती अग्रता लियो। ३२ औं मिनेटमा बेटिसका एयोजीले गोल गर्दै खेललाई पहिलो हाफमै १–१ गोलको बराबरीमा ल्याए।

पहिलो हाफमा बराबरी खेलेको युनाइटेडले दोस्रो हाफमा एक पक्षीय खेल प्रदर्शन गर्दै थप तीन गोल गर्‍यो। ५२औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ५८औं मिनेटमा ब्रुनोले लुका साको पासमा गोल गर्दै टोलीलाई ३–१ को अग्रतासहित सहज जिततर्फ अगाडि बढाए ।

त्यसपछि ८२औं मिनेटमा वोउट वेगह्रस्टले गोल गर्दै युनाइटेडको सानदार जित पक्का गराए। यो जितसँगै युनाइटेडको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो भएको छ।

लिस्बनको मैदानमा विलियम सालिबाले २२ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ३४ औं मिनेटमा गोन्कालो इनासियोले गोल गर्दै लिस्बनलाई १–१ गोलको बराबरीमा ल्याए।

५५औं मिनेटमा पाउलिन्होले गोल गर्दा लिस्बनले २–१ को अग्रता बनायो। तर, खेलको ६२ औं मिनेटमा लिस्बनका हाइडमासा मोरिटाले आत्मघाती गोल गरेपछि आर्सनल हारबाट जोगिएको हो ।

Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
0 %
Previous post टेबलटेनिसमा एलेक्सले जिते स्वर्ण
Next post ललितको घातक बलिङमा जोगियो नेपालको एकदिवसीय मान्यता, युएईमा ७१ रनमै अलआउट
Close