विश्वकप छनोट : युक्रेनसँग रोकियो फ्रान्स, नेदरल्यान्ड्सको सहज जित

फिफा विश्वकपको युरोपियन छनोटअन्तर्गत शनिबार राति भएका खेलमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिँदा नेदरल्यान्ड्सले सहज जित निलेको छ। शनिबार राति भएको खेलमा फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिँदा नेदरल्यान्ड्सले मन्टेनेग्रोमाथि ४–०को जित निकाल्यो।

समूह ‘डी’को खेलमा फ्रान्स घरेलु टोली युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु टोली युक्रेनका माकोला सापरेन्कोले ४४औं मिनेटमा अग्रता दिलाए । तर, एन्थोनी मार्सियलले ५०औं मिनेटमा गोल गर्दै खेललाई बरारबीमा ल्याए।

बराबरीका बावजुद फ्रान्स समूह डीको शीर्ष स्थानमा छ । पाँच खेलबाट नौ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेको हो । समान ५–५ अंक जोडेका फिनल्याण्ड र युक्रेन दोस्रो र तेस्रो स्थानमा छन् । समान दुई अंकका साथ बोस्निया एन्ड हर्जगोभिना र काजकिस्तान चौथो तथा पाँचौ स्थानमा छन् ।

यसैगरी बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाए चम्किएपछि नेदरल्यान्ड्सले सानदार जित निकाल्यो। डिपेले दुई गोल गरेको खेलमा नेदरल्यान्डले मोन्टेनेग्रोमाथि ४–० को जित निकाल्यो।

३७औं मिनेटमा डिपाएले पेनाल्टीमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । ६२औँ मिनेटमा डिपेले नै गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए। ७०औँ मिनेटमा जर्जिनियो विज्नाल्डम र ७६औँ मिनेटपछि कोडी गाक्पोले गोल गरेपछि नेदरल्यान्ड्स ४–०ले विजयी भयो।

जितसँगै नेदरल्यान्ड समूह ‘जी’को दोस्रो स्थानमा छ । पाँच खेलबाट नेदरल्याण्डको १० अंक छ । ११ अंकसहित टर्की शीर्ष स्थानमा छ ।

Facebook Comments Box