टुरिनोलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर

टुरिनोलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरि एको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा टुरिनोमाथि ३–१को पुनरागमन जित निकाल्दै इन्टर मिलान दोस्रो स्थानमा उक्लिएको हो ।

जितपछि इन्टर मिलानले लाजियोलाई उछिन्यो । इन्टर र लाजियो दुवैको ३२ खेलमा ६८ अंक छ, तर गोलअन्तरमा इन्टर अगाडि छ । शीर्ष स्थानको युभेन्ट्सभन्दा इन्टर ८ अंकले पछि छ । ३४ अंकका साथ टुरिनो १६औं स्थानमा छ ।

आन्द्रे बेलोट्टीको गोलमा १७औं मिनेटमा टुरिनोले सुरुवाती अग्रता लियो । पहिलो हाफ १–०मै सकियो, तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै इन्टरले जित निकाल्यो ।

४९औँ मिनेटमा एस्ले योङले इन्टरका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि नै डिएगो गोडिनले गोल गर्दै इन्टरलाई २–१ को अग्रता दिलाए । ६१औं मिनेटमा लाउटारो मार्टिनेजले इन्टरका लागि तेस्रो गोल गरे र टिमलाई ३–१को जित दिलाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.