
अग्रता जोगाउन नसक्दा एभर्टनसँग हार्यो आर्सनल
Read Time:1 Minute
सुरुआती अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ। सोमबार राति भएको खेलमा आर्सनल एभर्टनसँग २–१ले पराजित भएको हो।
गुडिसन पार्कमा एभर्टनलाई जित दिलाउन रिचार्लिसन र डेमराई ग्रेले गोल गरेका थिए भन आर्सनलका मार्टिन ओडेगार्टले गोल गरेका थिए ।
बराबरीतर्फ उन्मूख पहिलोलको इन्जुरी समयमा आर्सनलले अग्रता लियो । उसका ओडेगार्डले किएरन टेनरीको पासमा गोल गरेका थिए । खेलको ७९औं मिनेटमा रिचार्लिसनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले डेमाराई ग्रेको प्रहार क्रसबारमा लागेर फर्कदा रिचार्लिसनले रिवाउन्डमा हेडरमार्फत गोल गरेका थिए।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा ग्रेले आन्द्रे गोमेजको पासमा गोल गर्दै एभर्टनलाई २–१को जित दिलाए ।
जितसँगै एभर्टन १५ खेलबाट १८ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ। पराजित आर्सनल २३ अंकका साथ सातौं स्थानमा छ।