एभर्टनले भित्र्यायो अनुभवी प्रशिक्षक बेनेटिज

इंग्लिस क्लब एभर्टनले नयाँ प्रशिक्षक अनुबन्धन गरेको छ। एभर्टनले नयाँ प्रशिक्षकका रुपमा राफाइल बेनेटिजलाई बुधबार नियक्ती गरेको हो।

लन्डन क्लब एभर्टनसँग बेनिटेजले २ वर्षको सम्झौता गरेका छन् । ६१ स्पेनिस प्रशिक्षक रियल मड्रिड, लिभरपुल, इन्टर मिलान, नापोलीलगायत क्लब सम्हालिसकेका छन्।

१८ महिना यता बेनेटिस क्लबबिहीन थिए । उनले चाईनिज सुपर लिग क्लब डालियान प्रोफेशनल एफसी १८ महिना अघि छाडेका थिए । उनले एभर्टनमा कार्लो एन्सोलोटीको स्थान लिने छन् । उनी सिजनको अन्त्यसँगै एभर्टन छाड्ने रियल मड्रिड पुगेका छन्।

बेनिटेजले जुलाई ५ देखि जिम्मेवारी सम्हाल्ने छन्। सन् १९९३ मा प्रशिक्षण करिअर सुरु गरेका उनले त्यसयता १३ क्लबमा प्रशिक्षकका रुपमा काम गरिरसकेका छन्। उनले २ ला लिगा र युरोपा लिगसहित ११ उपाधि जितेका छन्।

Facebook Comments Box