बर्नलीमाथि एभर्टनको जित

इंग्लिस प्रिमियर लिगमा एभर्टनले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । तेस्रो खेलसम्म अपराजित रहने क्रममा एटर्भनले घरेलु मैदान गुडिसन पार्कमा वर्नलीमाथि ३–१को जित निकाल्यो ।

यो जितसँगै शीर्ष स्थानका क्लबसँग अंक बराबरी गरेको छ। म्यान्चेस्टर युनाइटेड, चेल्सी र लिभरपुलसँगै समान १० अंक जोडेको एभर्टन गोलअन्तरका आधारमा चौथो स्थानमा छ।

गुडिसन पार्कमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै एभर्टनले जित निकालेको हो । पहिलो हाफ गालरहित बराबरीमा सकिएको खेलमा बेन मीले ५३औं मिनेटमा बर्नलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, त्यसपछि ६ मिनेट अन्तरमा तीन गोल गर्दै एभर्टनले पुनरागमन जित निकाल्यो । उसका माइकल केनले ६०औं मिनेटमा गोल गर्दै खेललाई बराबरी ल्याए । त्यसपछि एन्ड्रोस टावनसेन्ड ६५औं र डामराई ग्रेले ६६औं मिनेटमा गोल गरेपछि एभर्टन विजयी भयो ।

Facebook Comments Box