बाल यौन दुराचारको अरोपमा एभर्टनका मिडफिल्डर सिगुड्सन पक्राउ

इंग्लिस क्लब एभर्टनका अट्याकिङ मिडफिल्डर गिल्फी सिगुड्सन पक्राउ परेका छन् । बाल यौन दुराचारको अरोपमा आइरसल्यान्डको राष्ट्रिय टिमको सदस्य समेत रहेका सिगुड्सनलाई म्यानचेस्टर प्रहरीले पक्राउ गरेको हो ।

डेलिमेल, द सनलगायतका विदेशी मिडियाले बाल यौन दुराचारको अरोपमा खेलाडी पक्राउ गरेको समाचार प्रकशित गरे पनि नाम भने खुलाएका थिएनन्।

एभर्टनले हिजो सोमबार आफ्नो फस्ट टिमका एक खेलाडी प्रहरी अनुसन्धानका कारण टिममा समावेश नभएको जानकारी दिएको थियो।

एभर्टनले पनि आफ्ना मिडफिल्डर पक्राउ परेको पुष्टी गरेको छ। उसले भनेको छ, ‘हामी प्रहरीहरुलाई अनुसन्धानमा पूर्ण सहयोग गर्नेर्छौं र थप यस विषयमा हाल योभन्दा बढी केही भन्न असमर्थ छौं।’

सिगुड्सनले आइसल्यान्डका इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनले आइसल्यान्डका लागि ७८ खेल खेल्दै २४ गोल गरेका छन्।
सन् २०१७ मा स्वान्सी सिटीबाट एभर्टन आएका सिगुड्सनले एभर्टनबाट १५६ खेल खेल्दै ३१ गोल गरेका छन् । यस्तै उनले स्वान्सीबाट ११२ खेलमा ३० गोल गरेका छन् भने टोटनह्यामबाट पनि खेलेका उनले ८३ खेलमा १३ गोल गरेका छन्।

Facebook Comments Box