‘मर्सिसाइड डर्बी’ गोलरहित बराबरीमा सकियो

इंग्लिस प्रिमियर लिगको उत्कृष्ट डर्बीमध्येको एक मर्सिसाइड डर्बी गोलरहित बराबरीमा सकिएको छ । आइतबार राति गुडिन्सन पार्कमा भएको खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेलेका हुन् ।

एभर्टनको मैदान गुडिसन पार्कमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा लिग लिडर लिभरपुल जितबाट बन्चित बनेको हो । बल पोजिसन राम्रो बनाए पनि लिभरपुलले घरेलु टोलीको डिफेन्सलाई तोड्न सकेन ।

मोहमद सलाहबिना मैदान उत्रिएको लिभरपुलको केही राम्रो अवसर सिर्जना गरेको थियो, तर, उसको प्रहार गोलकिपर जोर्डन पिकफोर्ड बाधक बने । घरेलु टोलीले समेत केही अवसर खेल फाल्यो।

३० वर्षपछि उपाधिको नजिक पुगेको लिभरपुलाई उपाधिका लागि अब मात्र ५ अंक आवश्यक छ । लिभरपुलको ३० खेलमा ८३ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६० अंक छ । ३८ अंक जोडेको एभर्टन १२औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP