मर्सिसाइड डर्बीमा एभर्टनको सान, लिभरपुलको खराब प्रदर्शन कायमै

‘मर्सिसाइड डबी’मा एभर्टनले सानदर जित निकालेको छ। मर्सिसाइड डर्बी अर्थात् लिभरपुल र एभर्टनबीचको खेलमा एभर्टनले लिभरपुललाई उसकै मैदानमा २–०ले हरायो ।

मर्सिसाइड डर्बीमा एभर्टनले सन् १९९९ पछि पहिलो जित निकाल्यो । एन्डफिल्डमा एभर्टनले यसअघिका २३ भिडन्तमा ११ ड्र र १२ हारको सामाना गरेको थियो ।

यता, डिफेन्डिङ च्याम्पियन लिभरपुलले प्रिमियर लिगमा खराब प्रदर्शनलाई निरन्तरता दिएको थियो। योसँगै लिभरपलु प्रिमियर लिगमा पछिल्ला ४ खेलमा पराजित भयो, इपिएलमा यस्तो भएको सन १९२३ को डिसेम्बर पछि पहिलो पटक हो। उ ब्राइनटसँग १–०, म्यान्चेस्टर सिटीसँग ४–१ र लेस्टर सिटीसँग ३–१ले पराजित भएको थियो। लि

एभर्टनलाई जपत दिलाउन रिचालिर्सन र जिल्फी सिगुर्सनले गोल गरेका थिए । लिभरपुलविरुद्धले एभर्टनले दुवै हाफमा समान १ गोल गरेको थियो।

खेलको तेस्रो मिनेटमै रिचार्लिसनले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा त्यसपछि कुनै गोल भएन् । ८३औं मिनेटमा सिगुर्सनले गोल गर्दै एभर्टनलाई जित दिलाए ।

हारपछि २५ खेलबाट ४० अंक रहेको लिभरपुल छैटौं स्थानमै यथावत छ । २४ खेलमा ४० अंकनै जोडेको एभर्टन गोल अन्तरमा पछि पर्दै सातौं स्थानमा छ ।

प्रिमियर लिगअन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा फुलह्यामले सेफिल्ड युनाइटेडलाई १–०ले हराउँदा वेस्टब्रुम र बर्नेलीले गोलरहित बराबरी खेले।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.