एफए कपको सेमिफाइनलमा युनाइटेड–चेल्सी, सिटी–आर्सनल भिड्ने

एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । आइतबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई पराजित गरेसँगै एफए कपको सेमिफाइनल समीकरण पुरा भएको छ ।

आइतबार राति नै सेमिफाइलनको ड्र पनि सर्वाजनिक गरिएको छ । सर्वाजनिक ड्र अनुसार म्यान्चेस्टर युनाइटेडले चेल्सीसँग खेल्दा सिटीले आर्सनलको सामना गर्ने छ ।

क्वार्टरफाइनलमा सिटीले न्युकासललाई १–०ले पराजित गर्दा म्यान्चेस्टर युनाइटेडले नर्विच सिटीलाई २–१ले पराजित गरेको थियो । यस्तै, चेल्सीले लेस्टर सिटीको चुनौति १–०ले समाप्त पर्दा आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१ले हरायो ।

जुलाई १८ र १९ मा एफए कपको दुवै सेमिफाइलन वेम्बलीमा हुने छ । पहिलो सेमिफाइलनमा १८ जुलाईमा युनाइटेड र चेल्सी भिड्ने छन् भने १९ तारिखमा सिटीले आर्सनकलको सामना गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP