फातीको गोलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ । ला लिग अन्तर्गत बिहीबार राति भएको खेलमा अन्सु फाती र सर्जियो रोबार्टोले गोल गरेपछि बार्सिलोनाले सेल्टा भिगोलाई ३–०ले हरायो ।

सेल्टा भिगोको मैदानमा भएको खेलमा ११औं मिनेटमै फातीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । उनले फिलिप काउटिन्होको पासमा गोल गरेका थिए । पहिलो हाफमै बार्सिलोना १० खेलाडीमा सीमित भयो । ४२औं मिनेटमा क्लेमेन्ट लेन्गलेट दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए ।

बार्सिलेना १० खेलाडीमा सीमित बने पनि त्यसको फाइलन सेल्टा भिगोले उठाउन सकेन । ५२औं मिनेटमा लुकास ओलजाको आफ्नै पोष्टमा गोल गरेपछि बार्सिलोनाले अग्रता दोब्बर बनायो । इन्जुरी सयममा सेर्गी रोबर्टोले गोल गरेपछि बार्सिलोनाले ३–०को सहज जित निकाल्यो ।

ला लिगा अन्तर्गत नै बिहीबार राति नै भएका अन्य खेलमा सेभियाले लेभान्तेलाई १–०ले पारजित गरेको छ । सेभियालाई जित दिलाउने क्रममा युसेफ इन नेसेरीले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । यस्तै, ९ खेलाडीमा समीति बनेको नवप्रवेशी काडिजले एथ्लेटिको बिल्बाओलाई १–०ले नै हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP