मेसीले खेले प्रि–सिजनको पहिलो खेल

लियोनल मेसी शनिबार प्रि–सिजन मैत्रीपूर्ण खेलमा बार्सिलोनाको जर्सीमा देखा परेका छन् । प्रि–सिजनको खेलमा बार्सिलोनाले शनिबार राति जिमनास्टिकसँग खेलेको थियो।

सो खेलमा मेसीले ४५ मिनेट मैदानमा बिताएबा थिए । खेल बार्सिलोनाले ३–१ले जितेको थियो । प्रशिक्षक रशिक्षक रोनाल्ड कोम्यानले मेसीलाई सुरुवातबाटै खेलाएका थिए ।

बार्सिलोनाको जितमा ओसमन डेम्बेले, एन्टोन ग्रिजमन र फिलिपे कोउटिन्होले गोल गरे भने जिमनास्टिकका ज्याभिएर बोनिलाले एक गोल फर्काए ।

मेसीले क्लब छाड्ने मनसाय फेरेयता बार्सिलोनाको जर्सीमा मैदान उत्रेको यो पहिलोपल्ट हो । मेसीको पुनरागमन प्रशिक्षक कोम्यानका लागि पनि ठूलो राहत रहनेछ ।

सम्झौता अनुसार आफुले क्लब छाड्न पाउनुपर्ने माग गर्दै मेसीले प्रि–सिजन अभ्यासमा समेत सामेल भएका थिएनन् । तर बार्सिलोनाले निशुल्क रिलिज क्लज दिने समय सकिएको भन्दै मेस्सीलाई अनुबन्धन गर्न ७ सय मिलियन युरो तिुर्नपर्ने बताएको थियो । उनले आफु क्लबबिरुद्ध अदालत नजाने भन्दै अभ्यासमा फर्कने निर्णय गरेका थिए ।

बार्सिलोनाले आईतबारबाट नयाँ सिजनको सुरुवात गर्दैछ । सेप्टेम्बर २७ मा बार्सिलोनाले भिल्ला रियललाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP