चितवनलाई लिनिङको प्रायोजन

शनिबारबाट सुरु भएको नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टोली एफसी चितवनलाई बहुराष्ट्रिय खेल पोसाक उत्पादन कम्पनी लिनिङले जर्सी प्रायोजन गरेको छ ।

राजधानीमा शनिबार एफसी चितवनको सञ्चालक कम्पनी गेमअन स्पोर्ट्सका प्रबन्ध निर्देशक सचिन ढकाल र लिनिङ नेपालका प्रबन्धक कृतराज महर्जनलगायतले जर्सी सार्वजनिक गरे । सम्झौताको आर्थिक पक्षबारे केही खुलाइएको छैन । जर्सी पनि भिडियोद्वारा सार्वजनिक गरिएको हो । लिनिङले यसअघि जावलाखेल युथ क्लब र मध्यपुर युथलाई प्रायोजन गरिसकेको छ ।

आईएमई समूहअन्तर्गत गेमअनद्वारा सञ्चालित एफसी चितवनका प्रायोजकहरू पनि सार्वजनिक गरिएको छ । प्रशिक्षक मेघराज केसीले व्यवस्थापन र टिमको उत्कृष्ट संयोजन मिलेको दाबी गर्दै सफलता हासिल गर्न प्रयासरत रहने बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.