चितवनले भित्र्यायो फ्रेन्च स्ट्राइकर

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगित नेपाल सुपर लिग (एनएसएल)का लागि एफसी चिवतनले फ्रेन्च स्ट्राइकर अनुबन्धन गरेको छ। वैशाख ११ गतेबाट सुरु हुने एनएसएलका लागि एफसी चितवनले सर्बियन मुलका फ्रेन्च स्ट्राइकर गोरान जेर्कोभिचलाई अनुबन्धन गरेको हो।

एफसी चितवनले स्ट्राइकर गोरान क्लबमा तेस्रो विदेशी खेलाडीका रुपमा अनुबन्ध भएको फेसबुकमार्फत जनाएको छ। ३४ वर्षीय स्ट्रायकर गोरानले सर्बिया, मन्टेनेग्रो र थाइल्यान्डको लिग खेलिरहेका छन् ।

जेर्कोभिचको आगमनसँगै चितवनको विदेशी कोटा समेत पूरा भएको छ । यसअघि क्लबले इजिप्टका दुई खेलाडी अहमेद मोहम्मेद गबला र अल सायद शाबनलाई अनुबन्ध गरेको थियो ।

राष्ट्रिय टिमका स्ट्राइकर भरत खवास मार्की खेलाडी रहेको चितवनमा विशाल सुनुवार, विकास खवास, टेक बुढाथोकी, विकास तामाङ लगायत खेलाडी छन् । चितवनको मुख्य प्रशिक्षकमा मेघराज केसी छन् ।

चितवनले १३ गते ललितपुर सिटी एफसीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। प्रतियोगिता ११ वैशाख देखि १ जेठसम्म दशरथ रंगशालामा आयोजना हुनेछ।

नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको हो। प्रतियोगितामा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

खेल सिंगल राउण्ड रोविन लिगमा हुनेछ। लिगका शीर्ष ४ टिमले प्लेअफ खेल्ने छन्। शीर्ष दुईले प्लेअफको क्लालिफायर खेर्ने छन् भने तेस्रो र चौथो एलिमिनेटर खेल्ने छन् । क्वालिफायरको विजेता सिधै फाइलन पुग्ने छ भने पराजित हुनेले फाइलन पुग्नका लागि एलिमिनेटरको विजेतासँग खेल्ने छ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.