सहिद स्मारक ए डिभिजन लिगमा अन्तिम स्थानको एफसी खुमलटार विजयी भएकोछ। मंगलबार भएको खेलमा विभागीय टिम एपीएफलाई ३–१ ले हरायो।
यो जितपहिलोपल्ट ए डिभिजन लिग खेलेको खुमलटारको रेलिगेसन खतरा भने अझै टरिसकेको छैन ।
मंगलबारको जितमा वर्क परमिटको नहुँदा दुई खेल गुमाएको मेसुके ओलोमोउ र स्टेफन बिनोङ समिरले महत्वपूर्ण भूमिका खेले। जसमा मेसुकेले २ तथा समिरले १ गोल गरे।
१३ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफकै इन्जुरी समयमा मेसुकेले नै टिमको अग्रता दोब्बर बनाए।
खेलको ५५ औं मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई ३–० को अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी समयमा सनिश श्रेष्ठले सान्त्वना गोल गरे।
एपिएफविरुद्धको जितपछि खुमलटारको रेलिगेसन खतरा भने टरेको छैन। उसले २५ खेलबाट २७ अंक जोड्को छ, १३औं स्थानमा छ। अब अन्तिम खेलमा उसले चर्च बोइजसँग खेल्ने छ, त्यो खेलमा जितेर मात्र उ रेलिगेसनबाट बच्ने छैन ।
त्यसका लागि फ्रेन्ड्स र थ्री स्टारको खेलमा पनि भर पर्नुपर्ने छ। १ खेल कम खेलेकाफ्रेन्ड्स क्लबको २६ अंक छ भने समान खेलबाट थ्री स्टारको २९ अंक छ।
लिगमा थ्रीस्टारले जावलाखेल युथ क्लब र फ्रेन्ड्ले संकटा क्लब र एपीएफसँग खेल्न बाँकी छ।
अब खुमलटार रेलिगेसनबाट बच्न आफूले अन्तिम खेल जित्नु पर्ने भने थ्री स्टार अन्तिम खेल र फ्रेन्ड्स बाँकी २ मध्ये १ खेल पराजित हुनुपर्ने छ।