मेसुके ओलोमोउ र स्टेफन बिनोङ नेपाली घरेलु फुटबलका दुई चर्चित विदेशी खेलाडी हुन्। पछिल्ला केही वर्षयता नेपाली घरेलु फुटबलमा छाएका यी स्ट्राइकर एउटै क्लबबाट खेल्छन्।
यो पटक उनीहरु ए डिभिजन लिग नवप्रवेशी क्लब एफसी खुमलटारबाट खेलिरहेका छन्। यी दुईले राम्रो प्रदर्शन त गरेका छन्, तर उनीहरुको टिम लिगको पुछारमा छ।
रेलिगेशनबाट निकै संघर्ष गरिरहेको खुमलटार ओलोमोउ र विनोङ बिनै मनाङ मर्स्याङदीविरुद्ध खेलिरहेको छ। योसहित लिगका बाँकी दुई खेल रेलिगेसनबाट बच्न खुमलटारका लागि निकै महत्वपूर्ण छ।
तर, उ मनाङ आफ्ना स्टार खेलाडी बिना मैदाउन उत्रिएको छ। ओलोमोउ र विनोङ वर्कपर्मिन नहुँदा टिममा नभएको जनाएको छ। खेल दशरथ रंगशालामा ६ बजे सुरू भएकाे छ।
वर्कपर्मिट नआए उनीहरुले बाँकी खेल पनि गुमाउने छन्। यी दुईकै गोल मद्दतमा अघिल्लो खेलमा खुमलटार हिमालयन शेर्पालाई हराएको थियो।