बार्सिलोनाको सहज जित

स्पानिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भियारियालालई ४–१ ले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउने क्रममा लुइस सुअरेज, एन्टोइन ग्रिजम्यान र अशु फातीले गोल गरे भने भियारियलका जेराार्ड मेर्नोले गोल गरेका थिए ।

भियारियालको घरेलु मैदानमा पाउ टोरेसले आत्मघाती गोल गर्दा खेलको तेस्रो मिनेटमै बार्सिलोनाले अग्रता लिएको थियो । १४औं मिनेटमा जेरार्ड मोरेनोले भियारियालका लागि बराबरी गोल फर्काए । तर त्यसको ६ मिनेटपछि नै सुअरेजले मेसीको पासमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए ।

यस्तै पहिलो हाफको अन्तिम समयमा ग्रिजमनले बार्सिलोनाको लागि तेस्रो गोल गरे । ८६औं मिनेटमा अंशु फातीले जोर्डी अल्वाको पासमा गोल गरेपछि बार्सिलोनाले ४–१ को सहज जित हात पारेको हो ।

जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको दुरी ४ अंकमा झारेको छ । बार्सिलोनाले ३४ खेलबाट ७३ अंक जोडेको छ । समान खेलबाट रियल मड्रिडको ७७ अंक छ ।

यसैगरी आइतबार राति नै भएका खेलमा लेगानेसले इस्पानियोललाई १–०ले पराजित गर्दा गेटाफे र असासुनाले गोलरहित बराबरी खेलेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.