भाल्भर्डे सन् २०२७ सम्म रियलमा रहने

उरुग्वेका मिडफिल्डर फेडे भाल्भर्डे सन् २०२७ सम्म रियल मड्रिडमै रहने छन्। २३ वर्षीय मिडफिल्डर भाल्भर्डोले रियलसँग सम्झौता नवीकरण गर्दै सन् २०२७ सम्म रियलमा बस्ने भएका हुन्।

भाल्भर्डेको रियलसँगको सम्झौता सन् २०२५सम्म भयो । उनले मंगलबार रियलसँग थप २ वर्षको सम्झौता गरेका हुन्। योसँगै उनी अहिले रियलमा भएका खेलाडी मध्यै सबैभन्दा लामो समयसम्म सम्झौता नवीकरण गर्ने खेलाडी बनेका छन्।

उनी १८ वर्षको उमेरमा सन् २०१६मा उरुग्वेयन क्लब पेनारोलबाट रियल आएका थिए । एक सिजन रियल मड्रिड कास्टिल्ला बताएपछि उनलाई रियलले २०१७मा डेपोर्टिभा लाकुरिनामा लोनमा पठाएको थियो। त्यहाँ एक सिजन बिताउँदा उनले २५ खेल गरेका थिए।

भाल्भर्डे सन् २०१८ देखि रियलको टिमका नियमित सदस्य छन् । रियलमा उनले १०४ खेलखेल्दै ५ गोल गरेका छन्। रियलबाट उनले १ ला लिगा, १ सुपर कोपा डे स्पाना र १ क्लब विश्वकप उपाधि जितेका छन्।

सन् २०१७बाट उरुग्वेको राष्ट्रिय टिमको नियमित सदस्य रहेका उनले २९ खेल खेल्दै २ गोल गरेका छन्।

रियलले यसअघि करिम बेन्जिमा, थिवाउट कोर्टुवा, लुकास भास्क्वेस, ड्यानी कार्भजल, लुका मोड्रिचसँग सम्झौता नवीकरण गरिसकेको छ।

Facebook Comments Box