फेका कप अन्तरविद्यालय छात्र फुटबलकाे उपाधि ओरियन्टललाई

Read Time:2 Minute

ओरियन्टल एकेडेमीले १५ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा ओरियन्टलले न्यु स्टार पोललाई १–० गोलले पराजित गर्दै प्रतियोगिताको नयाँ च्याम्पियन बन्यो । राहुल तामाङले निर्णायक गोल गरे । उपाधिसंगै ओरियन्टले ३० हजार तथा न्यु स्टार पोलले २० हजार नगद पुरस्कार प्राप्त गरे।

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा तेश्रो स्थानका लागि भएको खेलमा गेटवे एकेडेमीले गोल्डेन बडलाई हरायो । गेटवेले १० हजार तथा गोल्डेन बडले ५ हजार नगद पुरस्कार पाए । ब्रम्हकुञ्ज अनुशासित टिम बन्यो।

गेटवेका दर्शन केसी उदीयमान खेलाडी चुनिए । ओरियन्टलका निकेश बस्नेत उत्कृष्ट गोलरक्षक, न्यु स्टार पोलका योगेश विष्ट उत्कृष्ट डिफेन्डर, गोल्डेन बडका अनुप खत्री उत्कृष्ट मिडफिल्डर, ओरियन्टलका राहुल तामाङ उत्कृष्ट फरवार्ड तथा ओरियन्टलकै रकी डंगोल उत्कृष्ट प्रशिक्षक चुनिए।

विजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, फेकाका अध्यक्ष श्रीराम दाहाल, प्रतियोगिता संयोजक मुरारीप्रकाश सन्जेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नकआउट प्रतियोगितामा २४ टिमले प्रतिस्पर्धा गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली क्रिकेट टिम युएई प्रस्थान
Next post लिग–२को अन्तिम खेलमा नामिबियाले युएईलाई हरायो
Close