मोराटा चम्किँदा युभेन्ट्स विजयी

स्ट्राइकर अल्भासो मोराटा चम्किएपछि इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिगमा दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा मोराटाले २ गोलगरेपछि युभेन्ट्सले हंगेरियन क्लब फेरेन्सबारोसीलाई ४–१ ले पराजित गरेको छ ।

युभेन्ट्सको जितमा मोरोटाले २ गोल गर्दा पाउलो डिबालाले १ गोल गरे । यस्तै अर्को गोल फेरेनसबारोसीका खेलाडीले आत्मघाती गोल गरेका थिए । फेरेन्सबारोसीका लागि फ्रान्क बोलीले एक गोल फर्काए।

खेलको सातौं मिनेटमा नै मोरटाको गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । पहिलो हाफ १–०मै सकियो । दोस्रो हाफमा युभेन्ट्सले ३ र फेरेन्सबारोसीले १ गोल गरेको थियो । ६०औं मिनेटमा मोराटाले नै युभेन्ट्सको अग्रता दोब्बर बनाए ।

मोरटाको स्थानमा मैदान छिरेका डिबालाले ७२ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई ३–० गोलको अग्रता दिलाए। ८१ औं मिनेटमा फेरेन्सबारोसीका लशा डिभलीले आत्मघाती गोल गरेपछि युभेन्टसले ४–० गोलको अग्रता लिएको थियो। खेलको ९० औं मिनेटमा फ्रान्कले गोल गर्दै फेरेन्सबारोसीलाई ४–१ गोलको स्थितिमा ल्याएका थिए।

यो युभेन्टसको दोस्रो जित हो। तीन खेल खेलेको युभेन्टसले ६ अंक बनाएको छ। पराजित फेरेन्सबारोसीले भने तीन खेलबाट एक अंक मात्रै बनाएको छ।

च्याम्पियन्स लिगअन्तर्गत नै समूह ‘एफ’ को खेलमा बोरुसिया डर्टमन्डले क्लब बर्गलाई ३–० गोलअन्तरले पराजित गरेको छ। यसै समूहमा भएको अर्को खेलमा लाजियोले सेन्ट पिटर्सबर्गसँग १–१ गोलको बराबरी खेलेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.