मेन्डीको गोलमा रियल विजयी

स्पेनिस जाइन्ट रियल मन्ड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ पहिलो लेगमा विजयी भएको छ। बुधबार राति फेर्लान मेन्डीले गरेको एकमात्र गोलको मद्दतमा रियलले इटालियन क्लब एट्लान्टालाई १–०ले हराएको हो।

घरेलु टिम एटलान्टा सुरुवाती समयमै १० खेलाडीमा सीमित भयो। फेर्लान्ड मेन्डीलाई फोउल गरेपछि एटलान्टाका रेमो फ्रेउलर सिधै रातो कार्ड पाएका थिए । १० खेलाडीमा रहेपनि पहिलो हाफसम्म उसले रियललाई गोलरहित बराबरीमा रोकेको थियो।

८६औं मिनेटमा लुका मोड्रिचको पासमा मेन्डीले गोल गर्दै रियललाई १–० को संघर्षपूर्ण जित दिलाए। सुरुवातमै दबाबमा आएको एटलान्टाले रक्षात्मक खेल खेलेको थियो। तर, अन्तिम चार मिनेट सम्हालिन नसक्दा एट्लान्टा पराजित भयो।

खेलअवधिभर एटलान्टाले रियलको पोष्टमा दुई पटक मात्रै प्रहार गरेको थियो। जबकी रियलले १९ पटक प्रहार गरेको थियो। अब रियलले आफ्नो घरेलु मैदानमा एटलान्टासँग दोस्रो लेग मार्च १७ मा खेल्नेछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.