सिटी छाड्दै ब्राजिल फर्कँदै फर्नान्डिन्हो

Read Time:2 Minute

सिजनको अन्त्यसँगै म्यान्चेस्टर सिटीका कप्तान फर्नान्डिन्होले क्लब छाड्ने भएका छन् । करिब एकद सिटीमा बिताएका ३६ वर्षीय ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्हो सिटी छाड्दै ब्राजिल नै फर्कने सोचमा छन्।

च्याम्पियन्स लिगको क्वार्टरफाइलनका दोस्रो खेल खेल्नुअघि पत्रकारहरुसँगको कुराकानीमा उनले नियमित खेल्ने चाहनाकै कारण सिटी छाड्न लागेको बताए । सिटीमा कम अवसर पाउन थालेपछि नियमित खेल्नका लागि पनि उनी सिटी छाड्ने बताएका हुन् । उनले भने, ‘म ब्राजिल फर्कनेछु । मैले मेरो परिवारसँग रहने निर्णय गरें । जुन मेरो लागि महत्वपूर्ण कुरा हो ।’

गत जुनमा सिटीसँग १ वर्षको सम्झौता थप गरेका फर्नान्डिन्हो पहिलो रोजाइमा पर्न छाडेका छन् । युक्रेनी क्लब शाख्तर डोनेस्कबाट सन् २०१३ मा सिटी आएका उनले सिटीका लागि चार प्रिमियर लिग, एक एफए कप र ६ ईएफएल कप जितिसकेका छन् ।

फर्नान्डिन्होले यस सिजन सिटीका लागि २३ खेल खेलेका छन् । तर, प्रिमियर लिगमा ६ खेलमा मात्र पहिलो रोजाइमा खेल्ने अवसर पाएका छन् ।

‘मलाई चिन्ने जो कोहीलाई पनि थाहा छ कि मेरो सबैभन्दा ठूलो इमानदारी म्यानचेस्टर सिटी र टोलीको कप्तानको रूपमा मेरो कर्तव्य हो ।’ उनले भनेका छन्, ‘मेरो फोकस हामीले खेलेका सबै उपाधि जित्नमा १००५ छ र म सिजनको अन्त्यमा मात्र मेरो भविष्यको बारेमा कुरा गर्नेछु । हामी अगाडि बढौं ’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विश्वकपअघि अस्ट्रेलियाले म्याकडोनाल्डलाई बनायो मुख्य प्रशिक्षक
Next post खेलकुदमन्त्रीले गरे अर्जेन्टिनालाई मैत्रीपूर्ण खेलको प्रस्ताव
Close