
बर्खास्तीमा परे सान्ताेष, माउरिन्हाेकाे चर्चा
पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन् । पोर्चुगल विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरएपछि पोर्चुगल फुटबल एसोसिएशनले सान्तोषलाई बर्खास्त गरेको हो ।
कतार विश्वकपको क्वार्टरफाइनलमा पोर्चुगल मोरक्कोसँग १–० ले पराजित भएको थियो ।
८ वर्ष पोर्चुगिज टिमको मुख्य प्रशिक्षक बनेका सान्तोष कतार विश्वकपमा विवादमा तानिए। नकआटका दुवै खेलमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि उनी विवादमा तानिएका थिए।
मोरक्कोविरुद्ध दोस्रो मैदान छिरेका रोनाल्डो स्विट्जरल्याण्ड विरुद्ध अन्तिम १० मिनेट मात्र उनी मैदानमा थिए। सो खेलमा रोनाल्डोको मैदानमा आएका युवा स्ट्राइकर गोन्सालो रामोसले ह्याट्रिक गरेका थिए।
सान्तोसले पोर्चुगलको मुख्य प्रशिक्षकका रुपमा आठ वर्ष बिताएका थिए । पोर्चुगल फुटबल महासंघ उनले सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिपसम्मका लागि सम्झौता गरेका थिए । उनले पोर्चुगलाई युरोकप र युईएफए नेसन्स लिग उपाधि दिलाएका थिए।
पोर्चुगलका नयाँ प्रशिक्षकमा इटालियन फुटबल क्लब रोमाका जोसे मोरिन्होको चर्चा चलेको छ । क्लब फुटबलका सबैभन्दा सफल प्रशिक्षक मोरिन्हो तीन फरक क्लबाट च्याम्पियन्स लिग जित्ने र युईएएफका सबै उपाधि जित्ने एक्ला प्रशिक्षक हुन्। उनले एफसी पोर्तो, रियल मड्रिड र चेल्सीबाट च्याम्पियन्स लिग जितेका छन्।