
पोल्यान्डको मुख्य प्रशिक्षक बने फर्नान्डो सान्तोष
Read Time:1 Minute
अन्तर्राष्ट्रिय फुटबलका सफल प्रशिक्षक फर्नान्डो सान्तोष पोल्यान्डको मुख्य प्रशिक्षकका नियुक्त भएका छन्। ६८ वर्षीय सान्तोषलाई पोल्यान्ड फुटबल एसोसिएसनले मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको हो।
कतार विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित उनी बर्खास्तीमा परेका थिए। विश्वकपको नकआउट चरणमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई बेच्नमा राखेपछि सान्तोष निकै आलोचित बनेका थिए।
उनी पोर्चुगलका साबैभन्दा सफल प्रशिक्षक हुन्। उनले पोर्चुगललाई सन् २०१६को युरोकप र सन् २०१८मा युईएफए नेसन्स लिग उपाधि दिलाएका थिए। त्यसअघि उनी ग्रीसको मुख्य प्रशिक्षक पनि थिए।
पोल्यान्डमा उनले चेस्ला मिच्नेविचको स्थान लिने छन्। उनले पनि विश्वकपछि पोलिस टिम छाडेका थिए।