फिफाको महिला वरियतामा नेपाल एक स्थान माथि उक्लियो

फिफाको महिला वरियतामा नेपालले एक स्थानम सुधार गरेको छ । फिफाले शुक्रबार निकालेको नयाँ वरियता अनुसार नेपाल एक स्थानमाथि उक्लँदै एक सयौं स्थानमा छ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ५७ औं स्थानमा छ ।

फिफाको महिला विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा छ भने जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौंथो र स्विडेन पाँचौं स्थानमा छन्।

त्यस्तै इंग्ल्यान्ड छैठौं स्थानमा रहँदा ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा छन्।

Facebook Comments Box