फिफाद्वारा उरुग्वेका खेलाडीलाई २ देखि ४ खेलसम्मको प्रतिबन्ध, को–को परे कारबाहीमा ?

Read Time:2 Minute

विश्व फुटबल महासंघ (फिफा)ले उरुग्वेका चार खेलाडीमाथि अनुशासनको कारबाही गर्दै प्रतिबन्ध लगाएको छ। कतार विश्वकपमा रेफ्रिमाथि दुव्र्यवहार गरेको भन्दै फिफाले उरुग्वे ४ खेलाडीलाई प्रतिबन्ध लगाएको हो।

कतार विश्वकसको समूहको अन्तिम खेलमा घानाविरुद्धको खेलको अन्तिम समयका उग्वेका खेलाडीले पेनाल्टीको अपिल गरेका थिए। तर, रेफ्रिले त्यसलाई अस्वीकार गरेपछि उरुग्वेका खेलाडी निकै आक्रोशित हुँदै रेफ्रिसँग प्रतिवाद गरेका थिए।

रेफ्रिसँग प्रतिवाद गर्नेमा कप्तान इडिन्सन काभानी, डिएगो गोडिन, फर्नान्डो मुस्लेरा र जोसे मारिया जिमिनेज थिए। यी चारै खेलाडीलाई फिफाले प्रतिबन्ध लगाएको छ।

जसअनुसार फिफाले मुस्लेरा र जिमिनेजलाई ४ खेलको प्रतिबन्ध लगाएको छ भने काभानी र गोडिनलाई २ खेलको प्रतिबन्ध लगाएको छ। यस्तै फिफाले उनीहरुलाई २० हजार स्विस फ्रान्स जरिवाता पनि तिराएको छ।

यस्तै, फिफाले उरुग्वेको फुटबल संघलाई पनि ५० हजार स्विस फ्रान्क जरिवाना गरेको छ ।

सो खेलमा उरुग्वेले घानालाई २–०ले पारजित गरेको थियो। त्यसका बाबजुद उरुग्वे दक्षिण कोरियासँग गोलअन्तरमा पछि पर्दै विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो। अन्तिम समय उसले पेनाल्टी पाएको भए उरुग्वे समूहमा दोस्रो हुँदै नकआउट पुग्ने थियो।

Happy
Happy
14 %
Sad
Sad
14 %
Excited
Excited
29 %
Sleepy
Sleepy
29 %
Angry
Angry
14 %
Surprise
Surprise
0 %
Previous post एफए कपमा आर्सनलमाथि सिटीको जित
Next post टाइगर कप भलिबल : विभागीय डर्बीमा जित निकाल्दै एपिएफ बन्यो च्याम्पियन
Close